५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

राष्ट्रपति भण्डारीद्धारा काष्ठमण्डपको लोकार्पण, प्रमुख शाक्यलाई चावी हस्तान्तरण


प्रकाशित: सोमबार, २१ चैत्र २०७८, २०ः१० बजे
- अजय खड्गी

काठमाडौं । पुननिर्माण सम्पन्न ऐतिहासिक काष्ठमण्डपको राष्ट्रपति विद्यादेवी भण्डारीले लोकापर्ण गरेका छन । 


सोमवार एक समारोहविच काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डपको चावी राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेर लोकार्पण गरियो ।

 


यस अघि काष्ठपुननिर्माण समितिका अध्यक्ष रोजेश शाक्यले काष्ठमण्डपको चावी महानगर प्रमुख शाक्यलाई चावी ट्रे हस्तान्तरण गरेर लोकापर्ण कार्यक्रमको शुभारम्भ भएको थियो । 


सो अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक काष्ठमण्ठम पुननिर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरिन । उनले महाभूकम्पछि काष्ठमण्डपलाई पुरानै स्वरुपमा ल्याउन काठमाडौं महानगरपालिकाले गरेको सहयोग, जनस्तरबाट गरेको श्रमदान, पुननिर्माणमा योगदान पुराएका कालिगढ, सम्पदा विज्ञहरु, स्थानीय लगायातलाई धन्यावाद ज्ञापन दिएका थिए । 


उनले भनिन,‘जनबोलीमा मरु सत नामले परिचित यस पवित्र काष्ठमपण्डपलाई केन्द्रविन्दु मानेर जनताबाट अभिव्यक्त हुने आस्था, विश्वास, परम्परा, मूल्य मान्यता समेत मध्यनजर राख्दै यो पुननिर्माण सम्पन्न भएको मैले विश्वास लिएको छु ।’


कार्यक्रमका विशेष अतिथी रहेको काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले सबैको सहयोगबाट काष्ठमण्डप पुननिर्माण सम्पन्न गर्न सफल भएको  बताए । 

 


प्रमुख शाक्यले भने,‘पुननिर्माणको लागि हामीले विज्ञ समूह, सल्लाहकार समूह, निर्देशक समिति, उपभोक्ता समिति बनाएर सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्ने गरी कामलाई अघि बढायो, जसको फलस्वरुप व्यवस्थित रुपमा काम अघि बढाउन सक्यौ ।’


‘आज मैलै केही व्यक्तिहरुलाई सम्झनै पर्छ, पूर्व पर्यटन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीज्यू, उहाँ मन्त्री हुँदा पनि मित्रको रुपमा अझ मलाई दाई भनेर सम्बोधन गर्नु हुन्थ्यो, तपाई अघि बढ्नुहोस म पूर्ण रुपमा सहयोग गर्छु, पैसा पुगेन भने पैसा सहयोग पनि सरकार तयार छ भन्नु भयो, त्यसैगरी शताव्दी पुरुष सत्यमोहन जोशी, धेरै विवादका विचमा उहाँ उभिएर यो कामलाई अघि बढाउन उहाँ अगाढी उभिदिनु भयो, उहाँ उभिदिएपछि धेरै विवादहरु आफसे आफ साम्य भए, उहाँले बोल्नु परेन तर उहाँको उपस्थितीले नै धेरैलाइ जवाफ दियो ।’ शाक्यले भने ।

 


काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य राजेश शाक्यले काष्ठमण्डप पुननिर्माणमा सहायोग गर्न गठित समितिहरु, स्थानीय, क्लब, काठमाडौं महानगरपालिकालाई विशेष धन्यावाद दिँदै कार्यक्रममा उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अतिथी तथ उपस्थित जनसमुदायलाई स्वागत गरेका थिए । 


सो अवसरमा काष्ठमण्डप पुननिर्माण समितिका सदस्य अरुण नकर्मी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम लगायतले कार्यक्रममा काष्ठमण्ड पुनर्मिाणको चर्चा गरेका थिए । 


कार्यक्रममा पुननिर्माणमा योगदान दिने व्यक्तित्वहरुलाई राष्ट्रपति विद्यादेवी भणडरीले सम्मान गरेकी थिईन । सो अवसरमा सम्मानित हुनेहरु सम्पदा विज्ञ डा. प्रेमनाथ मास्के, डा. सुदर्शन रन्तिकार रहेका छन । 


त्यसैगरी गुरु यज्ञमान बज्राचार्य, पदम सुन्दर, कुलमान शाक्य, अरुण नकर्मी, सांसद राजेन्द्र महतो, विश्वराज ओली, चन्द्रमान डंगोल, मविन्द्र श्रेष्ठ, एनी जोशी, विनिता मघैया, अमृत लाल शाक्य, कमल मैनाली, सुमन सिंह र पुननिर्माणको नेतृत्तव लिएका वरिष्ठ कालिगढहरु लक्ष्मीभक्त राजथला, तुलषी प्रसाद मख्याजा सम्मानति भएका छन । 

 


लोकार्पणपछि काष्ठमण्डप आजबाट सर्वसाधरणको लागि खुला गरिएको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika