२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

शाक्य महाविहार संघबाट महानगर प्रमुख शाक्य सम्मानित


प्रकाशित: आईतवार, २० चैत्र २०७८, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य शाक्य महाविहार संघबाट सम्मानति भएका छन ।


शनिवार काठमाडौंमा संघको छैठौं साधारण सभा र दोस्रो अधिवेशनको अवसरमा जेष्ठ शाक्य व्यक्तित्वहरु मोति रत्न शाक्य र पुष्पराजन शाक्यले  प्रमुख शाक्यलार्य सिरपा प्रदान गरेर सम्मान गरेको हो ।


काठमाडौं महानगरपालिकाका ए‍ेतिहासिक, पुरातात्विक, वास्तुकलात्मक, धार्मिक, साँस्कृतिक, प्राकृतिक तवरले महत्वपूर्ण बहाः,बही, मठ, देगल, सतल, फल्चा जस्ता मूर्त सम्पदाको पुनर्निर्माणमा अनवरत पहल कदमीका साथ सहयोग गरेकोले महानगर प्रमुख शाक्यलाई सम्मान गरिएको हो । 


सो अधिवेशनले शुभकाजी शाक्य लाई अध्यक्ष चयन गरेको छ भने सर्वसम्मतको आधारमा सम्पन्न कार्यसमिति चयनमा प्रथम उपाध्यक्ष अमीररत्न शाक्य, द्वितिय उपाध्यक्ष गौतमरत्न शाक्य चयन भएको छ । 


महासचिव संघरत्न शाक्य, सचिव राजेश शाक्य,कोषाध्यक्ष चैतन्यराज शाक्य, सह कोषाध्यक्ष दिलिपरत्न शाक्य र सदस्यहरु विजयरत्न असंबरे, रोशन शाक्य, चन्द्रलोक शाक्य, मणिकर शाक्य, तिर्थ शाक्य, दुर्गादेवी शाक्य, लेखरत्न शाक्य, आनन्दरत्न शाक्य, अमीर कुमारी शाक्य, सुरेश शाक्य र अनित शाक्य  सर्वसम्मत चयन हुनु भएको छ ।


बुद्ध धर्म , बुद्ध कर्म , बुद्ध वचन, संस्कार,आचरण पालना गर्दै बुद्ध वंश र अंश संरक्षण सम्बद्र्दनको पवित्र उद्देश्यका सथा शाक्य महाविहार संघको स्थापना भएको हो । 


उक्त कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य एवं पूर्व आन्तरीक कानुन मन्त्री डा अजयक्रान्ती शाक्य, गुठी संस्थानका प्रशासकिय प्रमुख किरण शाक्य, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, २५ वडाका अध्यक्ष एवं नेपाली कांग्रेशका महानगर समितिका सभापति नीलकाजी शाक्यलगायतका विशेष उपस्थिति थियो ।


सो कार्यक्रम संघका अध्यक्ष शुभकाजी शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex