काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणका अभियुक्तलाई जिल्ला अदालत मोरङले थप ३ जनालाई थुनामा राख्न आदेश दिएको छ भने ३ जनालाई धरौटीलाई छाड्न आदेश दिएको छ ।
अदालतले मदन सिलवाल, भुजुङका चालक लक्ष्मण गुरुङ र गोरेका सहयोगी भनिएका रामकुमार तिवारीलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको हो ।
शाक्य हत्यामा करेन्ट लगाउन प्रयोग गरिएको इन्भर्टरको ब्याट्री उपलब्ध गराउने मोरङ, उर्लाबारीका रेवन्तकुमार आचार्यलाई १ लाख २१ हजार ५ सय, मनीचेन्जर व्यवासयीद्वय विनोद अधिकारी र मोतीराम श्रेष्ठलाई जनही एक–एक लाख रुपैयाँ धरौटी लिएर छाड्न अदालतले आदेश दिएको छ ।
यसैबीच, त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङले उक्त मुद्दामा पक्राउ परेका इन्तिहाज उद्दिन, विमल पोद्दार, राजकुमार दारुका, अनवर साह र प्रयात अग्रवाललाई मोरङमा म्याद थप गरेको छ ।
Categorized in पत्रपत्रिका