२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सार्वजनिक यातायातको भाडामा १४ प्रतिशत बृद्धि


प्रकाशित: विहिवार, १७ चैत्र २०७८, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । सरकारले सार्वजनिक यातायातका सवारी साधनमा भाडा बढाउने निर्णय गरेको छ । 


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर भाडा दर १० देखि १४ प्रतिशत सम्म बढाउने निर्णय गरेको हो । 


मन्त्रालयका अनुसार लामो दुरीका यात्रुबहाक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार भाडा बृद्धि गरिएको हो । 


मन्त्रालयले आईतवार रुट सहित भाडादरको सुचि प्रकाशित गर्ने तयारी गरेको छ । 


अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र डिजल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । २७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल–पेट्रोलको मूल्य प्रतिलिटिर ३४ रुपैयाँले बढिसकेको छ ।


संघीय सरकारले भाडा बृद्धि गरे भने प्रदेश सरकारले पनि भाडा बढाउने निश्चित छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex