काठमाडौं । आज (मंगलवार) बाट बसन्तपुरस्थित रहेको गद्दी बैठक सर्वसाधरणको लागि खुला गरिने भएको छ ।
अपरान्ह एक औपचारिक कार्यक्रमको आयोजना गरी गद्दी बैठकको उद्घाटन गरी खुला गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।
२०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुग्न गएको गद्दी बैठकको पुननिर्माण २०७५ साल असार १३ गते सम्पन्न भएको हो ।
अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोषले ७ लाख डलर सहयोगमा पुनर्निर्माण गरेका हुन ।
गद्दी बैठक अवलोकनको लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नु नपर्ने दरबार हेरचाह अड्डाले जनाएको छ ।
Categorized in सम्पदा/संस्कृति