काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका धेरै सम्पदा पुननिर्माण भईसकेको बताएका छन ।
सोमवार स्वयम्भू महाचैत्यको पादमूल भुइँखेलमा रहेको आनन्द भूवन विहारको उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

पमुख शाक्यले भने सम्पदासँग सम्बन्धित जुनसुकै योजनालाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गरेकाले २०७२ सालको भूकम्पले जीर्ण भएका धेरै सम्पदा पुननिर्माण भएको जानकारी दिए ।
‘मैले लगेका कुनै पनि प्रस्ताव कार्यपालिकाको बैठक र नगर सभाबाट कहिल्यै अस्वीकृत भएनन । सुधारका लागि सुझाव आए तर फिर्ता गर्नु परेन । यसरी भएका सर्वसम्मत निर्णयप्रति मलाई गौरव लागेको छ ।’ शाक्यले भने ।
प्रमुख शाक्यले भने,‘हामी निर्वांचित भएपछि उद्घोष गरेका थियौँ । २०७२ सालको भूकम्पले जीर्ण भएका महानगरभित्रका सबै सम्पदाको पुननिर्माण, मर्मत वा संरक्षण गर्न सक्छौँ । हामीले बोलेका कुरा पूरा गर्ने कामका लागि प्रयास गरिरह्यौँ । कतिपय ठाउँमा प्रशासनिक र कानुनी कारण काम हुन सकेनन् । कतिपय ठाउँमा गलत नियत भएका व्यक्तिले दिने उजुरीका कारण काम हुन सकेनन् । कतिपय ठाउँमा स्वामित्व विवादका कारण काम हुन सकेनन ।’
सो अवसरमा कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले हरेक ५ बर्षमा हुने स्थानीय सरकारको निर्वाचनबाट नेतृत्व परिवर्तन गरे पनि महत्वपूर्ण योजनाहरुले निरन्तरता पाउने मा जोड दिईन ।
कार्यक्रममा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले आनन्द भुवन विहार विहारको पुननिर्माणले सम्पदा क्षेत्रको गरिमा बढाएको बताए । उनले वडा १५ भित्र करीब १० वटा मुख्य गुम्बा र ५ वटा मुख्य विहार, सानातिना गुम्बा र विहार धेरै रहेको जानकारी दिए ।
यो विहारलाई २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि २०७७ मंसिर २५ गते शिलान्यास गरेर पुननिर्माण थालिएको थियो ।
विहार २ चरणमा पुननिर्माण भइरहेको छ । ४ करोड २५ लाख रुपैयाँ लागत अनुमान रहेको विहार पुननिर्माणको पहिलो चरणमा करीब २ करोड रुपैयाँ बराबरको खर्चबाट पुननिर्माण भएको हो ।
२ करोड रुपैयाँमध्ये ८५ प्रतिशत रकम महानगर र १५ प्रतिशत उपभोक्ताकातर्फबाट व्यहोरिएको छ । महानगरबाट उपलब्ध हुने रकममध्ये पहिलो चरणमा उपलब्ध गराइसकिएको छ भने दोस्रो चरणको सम्झौता हुने चरणमा छ । अहिलेसम्ममा भक्तहरुबाट करिब १ करोड ३७ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ ।
कार्यक्रममा विहारका प्रमुख कौडिण्य महास्थवीर, महासचिव वुद्धिमान शाक्यलगायत वक्ताले महानगरमा जनप्रतिनिधि आएपछि आफूहरुले अभिभाववक प्राप्त गरेको अनुभूति गरेको धारणा राखे ।
आनन्द भूवन विहार २०३७ सालमा निर्माण भएको विहार हो । विहारमा आवासीय भिक्षुहरुले बुद्ध शिक्षा लिइरहनुभएको छ । विहारमा वुद्ध पूजा, ज्ञानमाला भजन, धर्मदेशना, शील प्रार्थाना, परित्राण— पाठ, पुण्यानुमोदन जस्ता कार्यहरु सञ्चालन हुँर्दै आएका छन ।
कार्यक्रममा विहार निर्माणमा महत्वपूण सहयोग उपलब्ध गराएकोले प्रमुख शाक्य, उपप्रमुख खड्गी श्रेष्ठ र वडाध्यक्ष डंगोललाई सम्मान गरिएको थियो ।
Categorized in सम्पदा/संस्कृति