काठमाडौं । काठमाडौं गोफल टोलस्थित श्रीधर नारायण मन्दिरको फल्चा उद्घाटन गरिएको छ ।
सोमवार विहान काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक कार्यक्रम विच सो फल्चाको उद्घाटन गरेका हुन ।
महानगरपालिका वडा २१ स्थित गोफल टोलमा रहेको सो फल्चाको पुननिर्माण स्थानीय युथ कर्नर क्लवको पहलमा भएको हो ।
उद्घाटनपछि प्रमुख शाक्यले त्वाः, गल्ली, चोक रहेका ऐतिहासिक सम्पदा महत्व बोकेका यस्ता फल्चा, पार्टी, मन्दिर पुननिर्माणमा महानगरले स्थानीयको चाहाना बमोजिम लगानी गरेको बताए ।

सो अवसरमा वडा २१ का वडा अध्यक्ष उदयचुडामणी बज्राचार्य, स्थानीय जनप्रतिनिधि, स्थानीयहरुको उल्लेखिय सहभागिता रहेको थियो ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पुननिर्माण गरिएको हो ।
Categorized in सम्पदा/संस्कृति