काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय नेता नबिन्द्रराज जोशीको संझानमा प्रकाशित स्मृति ग्रन्थ‘नविन्द्र राज जोशी, व्यक्तित्व र योगदान’ पुस्तक विमोचन गरिएको छ ।
आईतवार राष्ट्रिय सभा गृहमा नेता जोशीको निधन भएको एक बर्ष पुरा भएको पूण्य तिथिमा आयोजित स्मृति सभामा नेता जोशीको आमा तथा कार्यक्रमका सभापति गीता जोशी, छोरी निऋति जोशी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडयाल, नेकपा (एकिकृत समाजवादी) नेता जिवनराम श्रेष्ठ, कांग्रस नेता विमेलेन्द्र नीधि, महामन्त्री विश्व प्रकाश शर्मा लगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।

नविन्द्रराज जोशी स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित कार्यक्रममा पुस्तक विमोचन अघि नविन्द्रराज जोशीको फोटोमा उपस्थिती अतिथिहरुले मल्र्यापण गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानकी संयोजक तथा जोशी पत्नी सपना राजभण्डारी जोशीले नविन्द्र नेपाली कांग्रेसको इमान्दर सिपाही भएको उल्लेख गरे । उनले जोशीले पार्टीको लागि लिएको सपनाहरु पुरा गर्न आफूहरु लाग्ने बताईन ।

उनले भनिन,‘मेरा जीवनसाथी नविन्द्रराज जोशी हकमा पनि दैव निष्ठुर भईदियो, असायमिक सक्रिय जिवन विताईरहेको बेला निष्ठुरी दैवले मेरो जीवनसाथी तथा नेपाली कांग्रेसका एक असल नेतालाई समय भन्दा अघि नै दैवले चुडेर लग्यो, नविन्द्रराज जोशी निरन्तर नेपाली कांग्रेसको झण्डा बोकेर समाजको परिवर्तन र समृद्धिकै लागि समर्पित नाम हो ।’
कार्यक्रमका विशेष अतिथी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले एक योग्य र इमान्दार कार्यकर्ता गुमाएको बताए । नेता पौडयालले जोशीले पार्टीका लागि दिएको योगदानको बारे चर्चा गरे ।

त्यसैगरी नेकपा (एकिकृत समाजवादी) सचेतक तथा नेता जीवनराम श्रेष्ठले जोशी मिलनशार, सौम्य, सहयोगी नेता भएको चर्चा गरे । उनले जोशी काठमाडौं महानगरको संस्थापक उपमेयर हुँदा आफू काठमाडौं महानगरपालिका १५ वडाका वडा अध्यक्ष भएको सुनाएका थिए ।
स्व. नेता जोशीसँग आफुले काम गर्न पाएको अनुभवहरु बारे नेता श्रेष्ठले बताए ।

सो अवसरमा नेपाली कांग्रेसका महानमन्त्री गगन थापाले नेता जोशी पार्टीको एक कर्तव्य निष्ठ, इमान्दार कार्यकर्ता, बौद्धिक व्यक्तित्व भएको बताए ।
त्यसैगरी महामन्त्री विश्व प्रकाश शर्माले पनि नेपाली कांग्रेसले एक होनाहार नेता गुमाएकोले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । उनले पार्टीमा नेता जोशीको सधै अभाव खट्ने उनको भनाई थियो ।
कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र नीधिले पनि स्व. नेता जोशीले पार्टी र जनताको लागि गरेको योगदानका बारे बोलेका थिए ।
स्व. नेता जोशीको २०७७ चैत्र १३ गते नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनलाई मस्ष्किघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।
उनको जन्म २०१९ साल पुस २२ गते काठमाडौं महानगरपालिका वडा नम्बर १९ याट्खामा भएको थियो ।
विमोचित पुस्तक ‘नविन्द्रराज जोशी, व्यक्तित्व र योगदान’ मा उनको राजनीतिक जीवनयात्रा बारे चर्चा गरिएको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in समाज