१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बागबजारमा सामुदायिक सेवाको रक्तदान


प्रकाशित: विहिवार, १० चैत्र २०७८, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पुरानो बसपार्क बागबजारले विहिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 


बागबजारस्थित भक्तपुर वसपार्कमा आयोजित रक्तदानमा ३२ जनाले रक्तदान गरेको प्रहरी सेवा केन्द्रका प्रहरी इन्चार्ज हर्कराज जोशीले जानकारी दिए । 


समाजसेवी दिपक पाण्डे र मुस्तफाँ मियाँको सहयोगमा सो रक्तदान कार्यक्रम गरिएको जोशीले बताए । रक्तदान कार्यक्रम विहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गरिएको थियो । 


रगत अभावलाई मध्यनजर गर्दै सामुदायिकले सो कार्यक्रम गरिएको हो । सो अवसरमा सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गी, महासचिव कमरुद्धिन मियाँ, कोषाध्यक्ष निमित्ता शाक्य लगायतको उपस्थिती रहेको थियो । 


महानगरिय प्रहरी बृत सिंहदरवार पनि सो कार्यक्रमको आयोजक रुपमा रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex