काठमाडौं । स्थानीय जनप्रतिनिधिले उम्मेदार दिदा राजीनामा दिनुपर्ने निर्वाचन अयोगको निर्णय विरुद्ध सर्वोच्चमा रिट पेस भएको छ ।
आयोगले लागु गरेको आचारसंहिता बदर गर्न माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल सर्वोच्च अदालतमा रिट पेस गरेको हो ।
आयोगको आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान छ ।
सो आचारसंहिता बदर गर्न माग गर्दै आइतबार रिट निवेदन पेश गरेका हुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते आचारसंहिता सार्वजनिक गरेको थियो ।
हेलम्बु गाउँपालिका प्रमुख शेर्पाले आयोगको आचारसंहिता संविधान र कानुन विपरित भएको भन्दै आफूले रिट दिएको बताए ।
Categorized in स्थानिय