२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बागबजारस्थित बुद्ध विहार भवनको उद्धघाटन


प्रकाशित: शनिवार, ५ चैत्र २०७८, २०ः१० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बागबजरमा रहेको वुद्ध विहार उद्घाटन गरेका छन । 


शनिवार एक कार्यक्रमविच प्रमुख शाक्यले पुननिर्माण सम्पन्न विहारको उद्धघाटन गरेका हुन । प्रमुख शाक्यले कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘खर्च र लगानीमा भिन्नता छ । हामीले खर्च होइन लगानी गरेका हौँ ।’ 


‘यी मौलिक भौतिक संरचनाहरु पर्यटन प्रवर्धनका कार्यक्रमसँग सम्बन्धित छन् । पर्यटक यी ठाउँ र संरचनामा घुम्न आउन थालेपछि स्थानीयसँगै राष्ट्रिय आयमा वृद्धि हुन्छ । एकपटक आएको पर्यटकले यहाँका सम्पदाका बारेमा राम्रो खवर आफ्नो ठाउँमा पु¥याएपछि पर्यटकको संख्या बढ्छ । त्यसैले अहिले महानगरले दिएको बजेट सम्पदा संरक्षण र पर्यटन प्रवर्धनका लागि लगानी पनि हो ।’ शाक्यले भने । 


सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले परम्परादेखि चलिआएका संस्कार, संस्कृति र परम्परालाई निरन्तरता दिन महानगरले जिम्मेवारी पूरा गरेको बतईन । उनले भनिन,‘स्थानीयपनलाई जोगाउन सके मात्र मौलिकता जोगिन्छ । यो विषय हामीलाई महसुस छ । यसैअनुरुप हामीले मूर्त अमूर्त सम्पदा, भाषा, कला, साहित्य र सिर्जनाको संरक्षण तथा प्रवर्धनका कार्यक्रम कार्यान्वयन गरेका छौँ ।’ 


काठमाडौं महानगर वडा २८ बागबजारमा रहेको बुद्ध विहार पुनःनिर्माणका लागि महानगरले २०७६ साउन ३२ गते १ करोड रुपैयाँ र २०७७ माघ २४ गते थप ७० लाख रुपैयाँ अनुदान दिएको छ । 


८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा नवनिर्मित बिहार नेपाली शैलीमा ३ तलाको छ । भवनमा एउटा धर्म सभा हल, ध्यान सभा हल, पूजा कोठासहित कोठा, पुस्तकालय र आवासीय प्रयोजनमा ल्याउन सकिने ३ वटा कोठा छन । 


२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको विहार पुननिर्माणका लागि २०७५ साल बैशाख १० गते शिलान्यास गरिएको थियो ।


विहार नेपाली वास्तु कलात्मक शैलीमा निर्माण भएको सहरी योजना आयोगका सदस्य सजीव शाक्यले जानकारी दिए । 


विहार उद्घाटनपछि भिक्षु कौडिण्यले महानगरको सहयोगको प्रशंसा गर्दै यसप्रकारको सहयोग निरन्तर प्राप्त हुने अपेक्षा गरेको भनाई राखे । 


कार्यक्रममा विहार निर्माणका लागि ५० हजार रुपैयाँभन्दा बढी रकम सहयोग गर्ने १६० जना दातालाई सम्मान गरिएको थियो । बुद्ध बिहार २०३४ साल फागुन महिनाको चीर रथारोहण अष्टमीका दिन स्थापना गरिएको हो ।


बिहारभित्र बनेपामा सञ्चालित बौद्ध बृद्धाश्रमको नगर सम्पर्क कार्यालय, अखिल नेपाल भिक्षु महासंघको नगर सम्पर्क कार्यालय, बौद्ध महिला संघ नेपालको कार्यालय, धर्मोदय सभाको सम्पर्क कार्यालय छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex