काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता मिति तोकेको छ ।
निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको मिति सार्वजनिक गरेको हो । उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।
उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते दिन सक्नेछ । १६ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
आगामी २०७८ वैशाखमा ३० गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।
Categorized in स्थानिय