काठमाडौं । सम्पदाको लागि बार्षिक एकसय करोड भन्दा बढि बजेट छुट्टाउँदै आएको काठमाडौ महानगरले १५० वटा सम्पदाहरुको पुननिर्माण तथा निर्माण गरेका छन ।
शुक्रवार काठमाडौंमा आयोजित सम्पदामा गरेको कार्यप्रगतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
प्रमुख शाक्यले आफू २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित भइ आएपछि महानगरभित्रको कला, संस्कृति, सम्पदा संरक्षण तथा प्रवद्र्धनमा उल्लेखिय सफलता हासिल गरेको बताए ।
काठमाडौं महानगरको मूल नारा ‘सांस्कृति सहर, काठमाडौं महानगर’ अनुसार अघि बढेको प्रमुख शाक्यले भने । उनले भने,‘ काठमाडौं महानगरपालिकाले काष्ठमण्डप, कमलपोखरी, दरवारहाईस्कुल, विभिन्न वडामा रहेका ऐतिहासिक बाहाः बही, मठमन्दिर, चैत्य, विहार, गुठिघर, द्यःछें लगायतका १५० भन्दा बढी सम्पदाको पुनर्निर्माण गरिसकेका छौ ।’
स्थानीय बाजागाजाहरुको संरक्षण, जात्रापर्वहरुको सञ्चालन, बाजागुरुहरुलाई सम्मान जस्ता सांस्कृति कार्यहरुमा महानगरले काम गरेको प्रमुख शाक्यले सो पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रमुख शाक्यले उपत्यका भित्रका अन्य नगरपालिका क्षेत्रभित्रका सम्पदाहरुको पुनर्निर्माणमा पनि महानगरपालिकाले यथासम्भव सहयोग गर्दै आएको बताए ।
राष्ट्रिय सम्पदा तथा संस्कृतिको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत उपत्यका बाहिरका ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु लुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकास लगायतका कामहरु भएको उनले उल्लेख गरे ।
त्यसैगरी तारकेश्वर नगरपालिकामा रहेको तारकेश्वर धाम निर्माणमा सहयोग, नागर्जुन नगरपालिकाको इचंगुनारायण मन्दिर पुननिर्माण, दक्षिणकालि नगरपालिकामा रहेको प्रसिद्ध दक्षिणकालि मन्दिर क्षेत्रको विकासमा सहयोग, गोकर्णेश्वर नगरपालिकामा रहेको गोकणेश्वर मन्दिर पुननिर्माणमा महानगरपालिकाको सहयोग छ ।
महानगरले कागेश्वरी मनहोरा नगरपालिकामा रहेको कागेश्वरी धाम क्षेत्रको विकास तथा निर्माणमा, शंखपूर नगरपालिकाको बज्रयोगनी मन्दिर क्षेको विकासमा सहयोग, रामग्राम नगरपालिकाका रहेकाग गौतम बुद्धको मावली रहेको ऐतिहासिक एवं पुरातात्विक क्षेत्र पण्डितपुरको पुनः निर्माण तथा विकास, ललिपुरको गोदावरी नगरपालिकामा रहेको पलाद्यों पुननिर्माण र नागअर्जुन नगरपालिकामा रहेको हल्चोक आकाश भैरव मन्दिर पुनःनिर्माणमा सहयोग गरेको प्रमुख शाक्यले बताए ।
त्यसैगरी महागरपालिकाको समन्वयमा भिमसेन स्तम्भ (धरहरा), शिखरशैलीको वालगोपालेश्वर मन्दिरसहितको रानीपोखरीको पुननिर्माण तथा सौन्दर्यकरणमा सहभागीता जनाएको छ ।
Categorized in सम्पदा/संस्कृति