२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगर प्रमुख शाक्यबाट पुननिर्माण सम्पन्न कमलपोखरीको उद्घाटन


प्रकाशित: बुधवार, २ चैत्र २०७८, २१ः०० बजे
- अजय खड्गी

काठमाडौँ । पुननिर्माण सम्पन्न ऐतिहासिक कमलपोखरीको काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन । 


बुधवार पोखरीको प्रांगणमा एक कार्यक्रमको आयोजना गरी पोखरीको औपचारिक उद्घाटन गरेका हुन । पोखरीको पहिलो चरणको पुननिर्माण सम्पन्न भएको हो । 


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले पोखरीको मौलिकता, सांस्कृति पक्षलाई जोडेर पुननिर्माण सम्पन्न गरेको बताए । 

 


पोखरी आकर्षक र यसको सौन्दर्यकरणलाई महानगरले विशेष ध्यान दिएर पुननिर्माण गरिएकोले पोखरी हेर्न, घुम्न आउने जो कसैलाई पनि हेरु हेरु, घुमु घुमू जस्तो लाग्ने प्रमुख शाक्यले दावी गरे । 


महानगरले महनगरभित्रका सम्पदाको संरक्षण, सम्बद्र्धन र जर्गेना गर्ने नीति लिएको हुनाले आफुहरुले सो अनुसार काम गरेको हुँदा आज कमलपोखरीको पनि पुननिर्माण गर्न आफु सफल भएको बताए । 


‘कमलपोखरी पुननिर्माण सुरुवातको क्रममा म विरुद्ध विभिन्न हल्लाहरु मेयर कमलपोखरीलाई पनि व्यापारिक प्रयोजन गर्ने उदेश्यले बनाउदै गरेर, कमलपोखरीमा कंक्रिटको प्रयोग गरेका जस्ता भ्रमहरु फैलाएर बाधा पुराएका थिए र तर त्यस्ता भ्रमहरु सफल हुन सकेन ।’ 


सो अवसरमा कमलपोखरी पुननिर्माण सहयोग गर्ने स्थानीयवासी, जनप्रतिनिधि, पोखरीको डिजाईनमा सहयोग गर्ने प्रियंका प्रधानसहितको टिम लगायतलाई प्रमुख शाक्यले धन्यावाद ज्ञापन गरेका थिए । 


सो अवसरमा प्रमुख शाक्यले कमपोखरीमा निर्मित ढुंगेधारको पनि उद्घाटन गरेका थिए । 

 


महानगरको वडा १ मा पर्ने यो पोखरी पुननिर्माण गर्न २०७६ असार १९ गते प्रमुख शाक्यले शिलान्यास गरेका थिए । खुल्ला प्रतिस्पर्धाबाट धनञ्जय कंडेल जे. भि. रानीबारीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा कबोल गरेर जिम्मा पायो ।


सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले महानगरको नीति अनुसार कमलपोखरी पुननिर्माण सम्पन्न भएको बताए । उनले महानगरले खाली जग्गाहरुको संरक्षण गरे यस्ता पार्कहरु, हरियालीहरु निर्माण गरिरहेका पनि जानकारी दिईन । 


वडा १ अध्यक्ष भरतलाल श्रेष्ठले कमलपोखरी वडा १ को शान पनि हो र पहिचान पनि भएको बताए । कमलपोखरी पुननिर्माणपछि यसबाट वडाको समृद्धिका लागि गणना हुने सम्पदा थपिएको भनाई राखे । 

 


सो अवसरमा एमाले स्थायी कमिटिका सदस्य तथा अन्तर्राष्ट्रिय समन्वय समितिका डा. राजन भट्टराईले कमलपोखरी पुननिर्माण महानगर प्रमुख शाक्यले गरेको कार्यको प्रंसशा गरेका थिए । 


पुननिर्माणका क्रममा ०७७ चैत मसान्तसम्ममा करिब साढे २ करोड लिटर पानी भरिएको थियो । पोखरीमा पानीको सतह घट्न नदिन आकाशे पानी संकलनजस्ता प्राकृतिक प्रविधि र वाह्य स्रोतबाट पानी प्राप्त गर्न सकिने दुवै विधि जडान गरिएको छ ।

 


पार्क भित्र पोखरी वरिपरि ठूला—ठूला ढुंगा छापिएका सिंढी बनाइएका छन । पोखरीको सौन्दर्य हेर्नका लागि पूर्वतर्फबाट ६० मिटरभित्र पुग्ने बाटो र झिँगटीको छानोयुक्त मण्डप बनाइएको छ । यस्तै पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने ४ ओटा मण्डप बनाइएका छन । मण्डपमा पुग्न पुग्न कलात्मक सिँढीहरु बनाइएका छन । कमल रोप्नका लागि ४ कुनामा साना—साना पोखरी बनाएर कमल रोपिएको छ । आगन्तुकलाई बस्नका लागि चौताराहरु बनाइएका छन । 


पोखरीमा प्रवेश गर्न पूर्वतिर मूल गेट राखिएको छ भने अन्य ३ कुनामा प्रवेश द्वार बनाइएको छ ।


पुननिर्माण गुरु योजनाअनुसार निर्माणको काम २ चरणमा हुनेछ । पहिलो चरणमा पोखरी र पोखरी संरचनासँग जोडिएका काम सकिएको हो । दोस्रो चरणमा दक्षिणतर्फ साविकमा प्रहरी बीट भएको ठाउँलगायत वरिपरि पार्क निर्माण र हरियाली विकास, खुल्ला शारीरिक व्यायाम स्थल, व्याटमिन्टन र बास्केटबल कोर्टलगायत संरचना बनाइनेछ । 


प्रहरी वीट कमलपोखरी पुननिर्माणका क्रममा यहाँबाट स्थानान्तरण गरिएको हो । पोखरी निर्माण र पार्क निर्माण गर्दा नेपाली इट्टा र दर्सिन ढुंगाको प्रयोग गरिएको छ । 


विभिन्न ठाउँमा ९ वटा चैत्य राखिएका छन भने पूर्वउत्तर कुनामा ५ ओटा मकरधारा बनाइएका छन् । पोखरी पुर्ननिर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिइएको छ ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex