५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कवाडी समान संकलनको नाममा चोरी, ३१ लाख बराबरको धनमाल चोरी गर्ने २ भारती युवा पक्राउ


प्रकाशित: आईतबार, २४ असार २०७५, २०ः५६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । कवाडी समान संकलन गर्ने बहानामा काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा बिहान तथा दिउँसोको समयमा घरबाट धनमाल चोरी गर्ने २ भारतीय युवाहरुलाई पक्राउ गरेको छ ।

 
पक्राउ पर्नेहरुमा भारत विहार मोतिहारी घर भई हाल काठमाडौं महानगरपालिका–१२ टेकु सबलबहाल बस्ने १९ वर्षीय करण पोदार र भारत बिहार समस्तिपुर घर भई टेकु सबलबहाल बस्ने १७ बर्षीय सुरज पोदार रहेका छन ।

 
कोही नभएको मौका पारी घरको ढोका तथा झ्याल फोडी नगद , सुन चाँदीका गर गहना, बिभिन्न मोवाईल र अन्य ईलोक्ट्रोनिक्स सामानहरु चोरी गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शनिबार काठमाडौं महानगरपालिका–१५ डल्लु आवास क्षेत्र स्थित सोनी श्रेष्ठको घरमा कोही नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गर गहना समेत गरी करीव ३१ लाख ३३ हजार १ सय २० रुपैयाँ बराबरको धनमाल चोरी गरेर लैजादै गरेको अवस्थामा सामान सहित डल्लु आवास क्षेत्रबाट पक्राउ गरेको हो ।

 
उनीहरुलाई चोरी मुद्धा अन्तर्गत आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex