१९ बैशाख २०८१, बुधबार
Header

महिला उद्यमी मेला शुरु, आज दोस्रो दिन 


प्रकाशित: शनिवार, २८ फागुन २०७८, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । लतिलपुरको नागबहाल र इलाननीमा शुक्रवारबाट महिला उद्यमी मेला – २०७८ सुरु भएको छ । 


‘महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार’ भन्ने नाराका साथ आईतवार सम्म चल्ने यस मेलाको उद्घाटन वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले गरे । 

 


सो अवसरमा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले महिलाद्वारा उत्पादित सामग्री प्रवद्र्धन गर्न यस किसिमका मेलाहरु उपयोगी रहेको धारणा राखेका थिए । 


मन्त्री लामाले ललितपुरमा हस्तकलाका सामग्री अन्तर्राष्ट्रिय बजारमै ठूलो माग हुने गरेको र नेपालले तुलनात्मक लाभ लिन सकिने सामग्री रहेको बताउँदै यसको प्रर्वद्धनमा राज्यले ठोस र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । 


१ सय १२ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुुर महानगरपालिका– १६ ले सो मेलाको आयोजना गरेको हो । सो अवसरमा वाग्मती प्रदेशका सांसद् शोभा शाक्यले ललितपुरलाई विश्वको ३५ औं कला नगरीको घोषणा गरेको तीन वर्ष बितिसक्दा पनि त्यस दिशामा खासै काम नभएको बताईन । 


ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले महिलालाई आर्थिक रुपमा सबलीकरण नगरेसम्म महिला व्यावहारिक र वास्तविक रुपमा सशक्तिकरण नहुने धारणा राखिन । 


वडाले पूर्वाधार विकाससंगै मानवीय विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको मेलाका मुख्य संयोजक एवं वडाअध्यक्ष निर्मलरत्न शाक्यले सो अवसरमा आफ्ना भनाई राखेका थिए । 


सो मेलामा महिलाद्वारा उत्पादित र महिला संलग्न रहेको व्यवसाय सम्बद्ध ५१ वटा स्टलहरु राखिएको छ । धातुका मूर्तिहरुका बुट्टा कोर्ने, परम्परागत रुपमा सूकुल बुन्ने तरिका विषयमा जीवन्त प्रदर्शनी मेलामा हर्न सकिने छ । 


ललितपुर उद्योग वाणिज्यले ललितपुरमा उत्पादित वस्तुको  प्रवद्र्धन अघि सारेको मेड इन ललितपुरकोृ अवधारणा अनुरुप ललितपुरमा उत्पादित वस्तुको स्टल विशेष महत्वका साथ राखिएको छ । नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघको तर्फबाट धातुका मूर्तिहरु र अन्य हस्तकलाका सामग्रीहरु पनि प्रदर्शन तथा बिक्री वितरणको लागि राखिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD