१२ भाद्र २०८३, शुक्रबार
Header

देउवा नेतृत्व सरकारको नियुक्ती खारेजीले ५ एआईजको राजीनामा


प्रकाशित: बिहिबार, २१ असार २०७५, २२ः२१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको नियुक्तिलाई प्रधानमन्त्री केपी ओली सरकारले बुधबार खारेज गरेपछि सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन् ।


राजीनामा दिने एआईजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ रेहका छन । उनीहरु सबैले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन ।


मन्त्रिपरिषद बैठकले १४ जेठ २०७४ देखि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex