काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङ नमान्ने बताएका छन ।
अध्यक्ष ओलीले निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन ।
स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो मसीले छपाइ गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले साँच्चै हरियो राख्ने निर्णय गरेको भए सच्याउनुपर्ने ओलीले बताए ।
Categorized in स्थानिय