१ भाद्र २०८३, सोमबार
Header

काठमाडौँमा काष्ठकला काम गर्ने कलाकारको खाँचो छः प्रमुख शाक्य


प्रकाशित: सोमवार, २३ फागुन २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंमा काष्ठकला काम गर्ने कलाकारको खाँचो रहेको बताएको छ । 


सोमवार काठमाडौँ महानगरको सम्पदा तथा पर्यटन विभागले सञ्चालन गरेको ४५ दिने काष्ठकला तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले सो कुरा बताएका हुन ।

 


सो अवसरमा शाक्यले भने,‘२०७२ सालको भूकम्पले सम्पदा क्षेत्रमा क्षति पु¥याएपछि काष्ठकलामा काम गर्ने कलाकारको ठूलो खाँचो देखियो । त्यस बेला कलाकार पाउन कठिन भयो । कलाकारको त्यो अभाव अझै पनि छ । काठमाडौँमा यसको सम्भावना कहिल्यै सकिँदैन । हामी तपाईँहरुलाई आवश्यक पर्छ भने अर्को चरणको विशेषज्ञ तालिम पनि उपलब्ध गराउन सक्छौँ ।’


तालिम समापन कार्यक्रमलाई प्रमुख शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित अधिकारीहरुले अवलोकन गरेका थिए । कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।


विभागले नेपाल हस्तकला महासंघको कला तथा शिल्प परिषद्सँगको सहकार्यमा तालिम आयोजना गरेको थियो । आधारभूत तालिम पुस ८ गतेदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको थियो । समापन अवसरमा प्रशिक्षार्थीहरुले तयार पारेका काष्ठकला प्रदर्शन गरिएको थियो । 


उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काष्ठकलाजस्तै गरेर धातु, प्रस्तरलगायत अन्य विधामा पनि तालिम चलाउनु पर्ने बताईन । यस प्रकारका तालिममा महिलाहरुलाई सहभागी हुन उत्साहित गर्नुपर्ने उपप्रमुख खड्गीश्रेष्ठले जोड दिईन । 


काष्ठकलामा महानगरको यो दोस्रो संस्करणको तालिम हो । २०७२ सालको भूकम्पपछि पुननिर्माणलाई केन्द्रमा राखेर पहिलो चरणमा तालिम चलाइएको थियो । 


सम्पदा विभागकी प्रमुख अर्चना शाक्य, उपनिर्देशक श्रृजु प्रधान, तालिमका संयोजक प्रदिप शाक्य लगायतले तालिम बारे चर्चा गरेका थिए । 


काठ र काष्ठकला, काठ छान्ने, यस कलामा प्रयोग गरिने औजार सम्बन्धी आधारभूत ज्ञानबाट तालिम सुरु गरिएको थियो । त्यसपछि औजारमा धार भए नभएको थाहा पाउने, धार लगाउने, फर्मा, ट्े«सिङ् र नक्सालाई कार्वन पेपरबाट काठमा उतार्ने, नक्सा कोर्ने, कोरेको नक्साअनुसार बुट्टा बनाउने, वुट्टा जोडने सीप सिकाइएको थियो ।


तालिममा साधारण पात, पानको पात आकारका बुट्टा (ग्वाह बुट्टा), नाग वा डारी वेरिएको जस्तो देखिने बुट्टा (नागवेली÷सिक्री), पानी तरङ्गे (ल गुजी) बुट्टा काट्न सिकाइएको थियो । त्यसैगरी घङ्गगी खू, पले बुट्टा, लहरे र मलगुली बुट्टा, फूल बुट्टाजस्ता बुट्टाका प्रकारहरु सिकाइएको थियो ।


यसै गरी बुट्टामा खाक्सी लगाउने, तयार पारिएको सामान जोड्ने, पालिस सम्बन्धी ज्ञान र पालिस लगाउने तरिका सिकाइएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex