काठमाडौं । सोमवार ललितपुरको गाउँपालिका–४, नल्लुमा एकै परिवारको पाँच जना मृत फेला परेको प्रहरीले जनाएको छ ।
ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुष्मा र ७ वर्षीय आस्माको मृत अवस्थामा भेटिएका थिए भने उपचारका लागि पठाइएका मध्ये दुई दिनको अर्का एक नवजात शिशुको पनि मृत्यु भएको छ ।
ललितपुरका महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार नल्लुमा काइँली स्याङतानको परिवार गएराति खाना खाएर कोइला बालेर सुतेका थिए ।

पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्यु भएको प्रारम्भिक जानकारी दिएको प्रहरीले बताएको छ ।
निसास्सिएर मृत्यु हुनुलाई मेडिकलको भाषामा कार्बन पोइजनिङ भनिन्छ । चिकित्सकका अनुसार भर्खर बनाएको घरको झ्यालमा बोरा लगाएर सुतेको र धुँवा राम्रोसँग बाहिर निस्किन पाएन र यस्तो घटना भएको हुनसक्ने देखिएको छ ।
सो घट्नामा परि बेहोस भएका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ, तर उनको अवस्थामा पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज