काठमाडौं । काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आगलागी भएको छ ।
आइतबार बिहान १ बजेतिर भएको आगलागी भएकोमा ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ ।
उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भीका अनुमान छ ।
आगलागीबारे अनुसन्धान भईरहेको क्षतिको एकिन विवरण नआएको प्रहरीले बताए ।
Categorized in समाज