५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

भारत हुँदै अबैधरुपमा दुवई जान लागेको २ युवतीको उद्धार


प्रकाशित: बुधबार, २० असार २०७५, ०९ः५९ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौ । भारत हुँदै अबैधरुपमा दुवई जान लागेको २ युवतीको कञ्चनपुरको गड्डाचौकी नाकाबाट प्रहरीले उद्धार गरेको छ ।

 
इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहाँ तैनाथ थ्री एन्जल्स नेपालका कर्मचारीले तनहुँको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया शर्मिला परियारलाई उद्धार गरेका हुन ।

 
दुवैजना काठमाडौँदेखि दिल्ली चल्ने पर्यटक बसमा भारततर्फ जाँदै गर्दा चेकजाँचका क्रममा गड्डाचौकीबाट उद्धार गरिएको थ्री एन्जल्स नेपाल, गड्डाचौकीमा कार्यरत लक्ष्मी गिरीले बताएका हुन । 


पर्यटक बसलाई चेकजाँचका क्रममा शंका लागेपछि अनुसन्धान गर्दा दलालमार्फत वैदेशिक रोजगारीमा जान लागेकाले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex