२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कामपा २३ का पचपन्न जना कलाकार सम्मानित


प्रकाशित: बुधवार, १८ फागुन २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. २३ का ख्याल प्याखँ र दबूँ प्याखँका कलाकारहरुलाई सम्मान गरिएको छ । 


वडाद्धारा अयोजित सो सम्मान कार्यक्रममा ५५ जना कलाकारहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी विद्यासुन्दर शाक्यले कलाकारहरुलाई सम्मान गरेका थिए ।

 
वडाध्यक्ष मचाराजा महर्जनले परम्परागत चालचलन जोगाउन आफूले कलाकारहरुलाई सम्मान गरको बताए । पहिले मनोरञ्जनका लागि डवलीमा परम्परागत नाच देखाउने गरिन्थ्यो । प्रविधिको विकाससँगै परम्परागत मनोरञ्जनका विधिहरु ओझेलमा परेको वडा अध्यक्ष महर्जनको भनाई छ । 


सो अवसरमा वेइमान भनिरे चिनिने रवि डंगोल लगायतका कलाकारहरु सम्मानित भएका थिए ।


ख्यालः प्याखँ र दबू प्याखँमा महिलाको भूमिकामा पुरुषहरुले नै अभिनय गर्ने चलन छ । बाद्यबादकले बजाएको बाजाको ताल र सुरमा नाच प्रस्तुत गर्ने गरिन्थ्यो । 


यसप्रकारका परम्परागत नाच, बाद्य सामाग्री, श्रृङ्गार, पोशाकको मौलिकता जोगाउन महानगरले कार्यक्रम सञ्चालन गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex