काठमाडौं । महाशिवरात्रिको अवसरमा आज काठमाडौंको विभिन्न स्थानमा धुनी बालिएको छ ।
काठमाडौंको असन, सानो पशुपति मखन लगायतका क्षेत्रमा मानिसहरुले धुनी बालेर तापेको देखिन्छ ।
महाशिवरात्रिमा बालेको धुनीको विशेष महत्व हुने गर्दछ । महाशिवरात्रिको दिन बालेको धुनीबाट उत्पन्न विभूत तिलक शिशिर ऋतुपछि वसन्तको आगमनको स्वागतका लागि मनाइने वसन्तोत्सव पर्व फाल्गुण शुक्ल पूर्णिमा (होली पूर्णिमा)का दिन धारण गर्ने गरिन्छ ।
वसन्त ऋतुको सुरुवात हुनुअघि चारैतिर उजाड वातावरण, पतझरका कारण प्रकृति सुक्खा र फुस्रो देखिन थाल्छ । त्यसैको सांकेतिक स्वरुप मानिन्छ, धुनी ।
मंगलबार पशुपति क्षेत्रमा साधुहरुले विभिन्न प्रकारका धुनी बालेर शिवरात्रि मनाएका छन । उनीहरुले असह्य पीडा हुने कोट धुनीसम्म जगाइरहेका छन् । साधुहरु आफ्नो साधनाबाट फल प्राप्तिका लागि यस्ता कठिन चरण पार गर्ने गरेको सुनाउँछन ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर



Categorized in सम्पदा/संस्कृति