२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

धम्महल भवनको उद्घाटन


प्रकाशित: आईतवार, १५ फागुन २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्र परिसरमा धम्महल भवनको उद्घाटन गरेका छन । 


महानगरको करिब करीव ४ करोड रुपैयाँ आर्थिक अनुदानमा निर्माण भएको भवन उद्घाटन कार्यक्रमलाई प्रमुख शाक्यले उद्घाटन गर्दै भने,‘बुद्ध नेपालमा जन्मिए तर बिहारहरु सबै अरु देशको सहयोगमा निर्माण भए । बिहार कसले बनायो भनेर सोध्यो भने, कुनै श्रीलङकाले, कुनै थाइल्याण्डले, कुनै जापानले भन्ने उत्तर आउँछ । तर नेपालको नाम कमै मात्र आउँछ । त्यसैले मेरो नेतृत्वमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिहरुले सामुहिक निर्णय गरेर नेपाली बज्रयान परम्पराको विहार निर्माणमा सघाउन थालेका हौँ । यस अघि दाताहरुको सहयोगमा मात्र विहार निर्माण हुने गरेका थिए । हामी आए पछि राज्यको उपस्थिति जनाएका हौँ ।’


भवनमा लिफ्ट जडान गर्न २५ लाख रुपैयाँ उपलब्ध गराउने पनि शाक्यले प्रतिवद्धता जनाए । 


भवन निर्माण गर्न २०७६ साल जेठ १२ गते सहयोग सम्बन्धी सम्झौता भएको थियो भने असार १९ गते शाक्यले भवनको शिलान्यास गरेका थिए ।  गएको भदौ ७ गते केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहनुभएका वुद्धको प्रतिमा अनावरण गरिएको थियो ।


कार्यक्रममा केन्द्रका अध्यक्ष एवम उपभोक्ता समितिका अध्यक्ष प्रतीकरत्न ताम्राकारले, महानगरको सहयोगबाट धम्महल भवन निर्माण सम्पन्न हुन सकेकोमा खुशी व्यक्त गरे । महानगरले समयमा सहयोग गरेको र विभिन्न चुनौतीका बावजुद पनि लक्षित समयमा नै निर्माण सम्पन्न हुन सकेको ताम्राकारले बताए । 


नवनिर्मित भवनमा धम्म हल, बैठक कक्ष, भान्छा कक्ष, प्रशासनिक कक्षसहितका संरचना छन । भवन निर्माणको कुल लागत करीव ७ करोड रुपैयाँ हो । 


२०४२ सालमा स्थापना भएको भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउने, बुद्धका दर्शनलाई लामो वा छोटो विपश्यना र ध्यान शिविरमार्फत प्रवर्धन गर्ने, चलाउनेलगायत काम गर्दै आएको छ । 


धार्मिक तथा सामाजिक गतिविधिहरु गएपछि ठाउँ अभाव हुँदै गएका बेला धर्मनरसिंह शाक्य र चन्द्रदेवी शाक्य परिवारबाट १५ आना २ पैसा जग्गा दान दिनुभएको थियो । यही जग्गामा महानगरको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex