१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

उठाउन थालियो थुप्रिएको फोहर


प्रकाशित: विहिवार, १२ फागुन २०७८, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा विहिवारबाट १२ दिनदेखि थुप्रिएको फोहर उठाउन थालिएको छ । 


तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि बिहानदेखि उपत्यकाको १८ स्थानीय तहका फोहोर विसर्जन हुन थालिएको हो ।


सडक निर्माणको काम सम्पन्न नगरेको भन्दै स्थानीयले फागुन १ गतेदेखि फोहोर विसर्जन गर्न अवरोध गरेका थिए । फोहोर बिसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने ६ किलोमिटर बाटो मर्मतको काम सम्पन्न हुन सकेको छैन । 


पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहोर उठ्न नसकेको हो ।


२०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयले आन्दोलन गर्दा फोहोर विसर्जनमा अवरोध हुने गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex