काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा मतदान नगरे गठबन्धनको औचित्य नरहेने बताएका छन ।
मंगलवार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले एमसीसीको पक्षमा मतदान गनरे सरकार छाड्नु पर्ने महामन्त्री थापाको भनाई छ ।
महामन्त्री थापाले कम्युनिष्टको नेतृत्वमा बनेको र कम्युनिष्ट सहभागी भएको सरकारले विभिन्न समयमा एमसीसी सम्झौता अगाडि बढाउने काम गरेकाले अहिले विरोध गर्नुको औचित्य नभएको उनले बताए ।
Categorized in राष्ट्रिय