८ भाद्र २०८३, सोमबार
Header

चिकित्सकहरुले निकाले अर्धनग्न जुलुस


प्रकाशित: मंगलबार, १९ असार २०७५, २०ः१५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । चिकित्सा क्षेत्रमा आमूल सुधारको लागि अनवरत रुपमा आन्दोलन गर्दै आईरहेको प्रा.डा. गोबिन्द के.सी.को स्वस्थ्य अवस्थामा सरकारले वेवास्ता गरेको भन्दै जुम्लामा चिकित्सक संघको नेतृत्वमा चिकित्सकहरुले अर्धनग्न जुलुस निकालेका छन् ।

 
शनिबारदेखि जुम्लामा अनसन बसेका प्रा.डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि सरकारले अस्पतालमा उपचारसमेत गर्न नदिएको भन्दै संघले कर्णाली जुम्ला सडकमा अर्धनग्न जुलुस निकालेर विरोध प्रर्दशन गरेको हो ।


संघले मंगलबारदेखि नै प्रदेशस्तरका आकस्मिक सेवा बाहेक अन्य सेवा अनिश्चिकालीन बन्दका लागि आह्वान गरिएको छ ।

 
यता प्राडा केसीले सरकारले माग पूरा नगरेसम्म अनसन जारी राख्ने बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex