६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सर्वोच्चमा एमसीसी विरुद्ध रिट 


प्रकाशित: सोमवार, ९ फागुन २०७८, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियेम च्यालेन्ज करपोरेशन (एमसीसी)विरुद्ध सर्वोच्चमा रिट निवेदन पेश भएको छ । 


एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन । 


रिट निवेदनमा डा. भण्डारीले नेपाल सन्धी ऐन २०४७ को दफा ४ अनुसार प्रतिनिधिसभामा एमसीसीको प्रक्रिया अघि नबढाउनु भनी मागदावी छ । 


रिटमा भण्डारीले एमसीसीसम्बन्धी अहिलेसम्म अघि बढाइएका काम बदर गर्न पनि माग गरेका छन । वरिष्ठ अधिवक्ता भण्डारीले रिटमा एमसीसी सम्झौता सन्धिको श्रेणीमा नपर्ने दावी गरेका छन ।


उनले रिट निवेदनमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, परराष्ट्र, कानुन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएका छन । 


त्यसैगरी सभामुख र प्रतिनिधिसभालाई पनि विपक्षी बनाइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex