६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेकपा समाजवादीले संसदमा एमसीसी टेवल गर्न दिने


प्रकाशित: शनिवार, ७ फागुन २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (समाजवदी)ले बहुचर्चित एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको छ ।


शनिवार बसको पार्टीको स्थायी कमिटिले गरेको निर्णयबार प्रमुख सचेतक जीवनराम श्रेष्ठले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबल गर्न दिने निर्णय भएको बताए । 


नेकपा समाजवादीले गठबन्धन जोगाउन मध्यमार्गी बाटो लिएको देखिएको छ । पछिल्लो समय एमसीसीलाई लिएर गठबन्धनमा खटपट बढेको छ । 


माओवादी केन्द्र र नेकपा (समाजवादी) ले संसद्‌मा टेबल गर्न नदिने अडान लिएका थिए । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवादमा सक्रिय थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex