काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुबईबाट हिमालय एअरलाइन्सबाट काठमाडौं आएका झ्याङ ली नामक चिनियाँ नागरिकबाट उक्त अवैध सुन बरामद भएको हो ।
सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले बताएका छन ।
Categorized in समाज