काठमाडौं । कोभिड–१९ बाट आमाबुवा गुमाएका १८ बर्ष मुनिका बालवालिका विवरण काठमाडौं महानगरले मागेको छ ।
महानगरपालिका ३२ वटै वडाबाट सो विवरण माग गरिएको महानगरपालिकाले जनाएको छ । महानरपालिकाले माघ २७ गते सबै वडामा सोबारे पत्रचार गर्दै ३ दिनभित्र विवरण पठाउन भनेको छ ।
सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश हेटौडा मकवानपुरको मिति २०७८ माघ १० गतेको पत्रका अनुसार कोभिड १९ बाट आमाबुवा गुमाएका १८ बर्ष मुनिका वालवालिकालाई मासिक समाजिक सुरक्षा भत्ता रु ३०००÷– (तिन हजार रुपियाँ) प्रदान गरने भएकोले सो विवरण माग गरिएको महानगरपालिकाले जनाएको छ ।
सो समाजिक सुरक्षा भत्ताको लागि वालवालिका जन्मदर्ता प्रमाणपत्र वा नागरिकताको प्रतिलिपी, आमाबाबु दुवैको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी, बाबुआमा दुवैको कोभिड १९ बाट मृत्यु भएको व्यहोरा खुल्ने अस्पतालको प्रमाणित कागजात र वडाको सिफारिस आवश्यक हुने छ ।
Categorized in स्वास्थ्य