२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सुनाकोठीबाट हराएको बालकुमारीको मूर्ति भेटिएपछि सिन्दुर जात्रा


प्रकाशित: शुक्रवार, २८ माघ २०७८, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । माघ ८ गते ललितपुरको सुनाकोठीबाट हराएको बालकुमारीको मूर्ति  भेटिएको छ । 


शुक्रवार विहान खुमलटारस्थित करुणा मन्दिरमा मुर्ति फेला पारेर जावालखेल लाएपछि सुनाकोठी बासीले बाजागाजासहित सिन्दर जात्रा गरेका छन । 


भेटिएको मूर्ति प्रहरीले गुठीका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेपछि स्थानीयले बाजागाजा र अबिर लगाइदिंदै खुसी साटे । उक्त मूर्तिलाई सुनाकोठी नै लगिएको छ ।


प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार प्रहरी प्रशासनको दबावमूलक अनुसन्धान, प्राथमिकता र स्थानीयको जागरुकताको कारण मूर्ति फेला परेको हो । 


यस अघि मूर्ति हराएपछि बालकुमारी मन्दिर गुठीले सार्वजनिक सुचना जारी गरेर मूर्ति बारे सुचना दिनेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेका थिए । 


यो गुठी काठमाडौं उपत्यकाकै धनी मानिन्छ । यसले करिब ६ सय परिवारलाई संगठित गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex