२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कमलपोखरीमा ९ वटा चैत्यको प्रतिस्थापन, छिट्टै पोखरीको उद्घाटन हुने


प्रकाशित: बुधवार, २६ माघ २०७८, १३ः०० बजे
- अजय खड्गी

काठमाडौं ।  ऐतिहासिक सम्पदाको महत्व बोकेको कमलपोखरीमा ९ वटा चैत्यको विधिवतरुपमा प्रतिस्थापन गरिएको छ । 


बुधवार विहान कमलपोखरीस्थित काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले पुजाअर्चचना गरी ती चैत्यहरुको प्रतिस्थापना गरेका हुन । 


प्रमुख शाक्यले पुजारीको निर्देशन बमोजिम पोखरी वरिपरि रहेको ची चैत्यहरुमा गएर पुजा गरेका थिए । पुनर्निर्माणका काम अन्तिम चरणमा रहेको कमलपोखरीको छिटै उद्‍घाटन गर्ने गरिने प्रमुख शाक्यले जानकारी समेत दिएका छन । 

 


सम्भतः अबको दुई साता भित्र ठेकेदारले काम सम्पन्न गर्ने वित्तिकै पोखरीको उद्घाटन गरिने प्रमुख शाक्यले सो अवसरमा बताएका थिए । 


कोभिडको कारण पुननिर्माणमा ढिला भएको प्रमुख शाक्यले बताउँदै महानगरपालिकाले स्थानीय चाहना र पोखरीको पौराणिक मौलिकतामा पुननिर्माण भएको दावी गरे । 


पोखरी वरिपरि वरिपरि बाल उद्यान, ढुंगेधारा, अपांगता भएकाहरुलाई सजिलो हुने शौचालय, जिमहल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेर त्यही अनुरुप काम भएको प्रमुख शाक्यले जानकारी दिए । 


महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार कमलपोखरीमा चार कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप र पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँच वटा मण्डप रहने छ ।


करिब ६ करोड ३६ लाखको लगानी रहेको योजनाअनुसार उक्त पोखरी वास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको आयोग उपाध्यक्ष बस्नेतले जानकारी दिए । 


सो अवसरमा कामपा वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ, सदस्य रसला तण्डुकार, जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex