५ भाद्र २०८३, शुक्रबार
Header

नदी सभ्यतासँग जोडिएको इन्द्रायणी पार्कको शिलान्यास


प्रकाशित: मंगलवार, २५ माघ २०७८, १७ः४० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिका पंमुख विद्यासुन्दर शाक्यले इन्द्रायणी पार्कको शिलान्यास गरेका छन ।


सोमवार प्रमुख शाक्यले इन्द्रायणी गुरुयोजनाअन्तर्गत पार्कको शिलान्यास गरेका हुन । कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार सो पार्कको निर्माण सुरु गरिएको हो । 


सो अवसरमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले भने,‘हामी निर्वाचित भएर आएदेखि सहरको मौलिकता जोगाउन तथा ठाउँ, समय र परिवेशका आधारमा आधुनिकताको उपयोगबाट सुधार गर्न प्रतिवद्ध भएर काम गरिरहेका छौँ ।’


सहरको ईतिहास समयसँगै विग्रेको उल्लेख गर्दै प्रमुख शाक्यले अब दोष कसलाई दिने ? राम्रो काम भयो भने मैले गरेको दावी गर्ने होडबाजी चल्ने गर्दछ । समय परिवर्तनशिल छ । यसको विकास र गतिलाई स्वीकार गर्नु पर्ने बताए । 


२ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । यसको लागत १ करोड ८० लाख रुपैयाँ गरिएको थियो ।


कामपा १७ वडाका अध्यक्ष नविन मानन्धर समुदाय र सरोकारवालासँग मिलेर विष्णुमती नदीलाई असला माछा हुने नदी र नदी तथा जल सम्पदाको समृद्धिलाई वडाको विम्बका रुपमा विकास गरिने बताए । 


पूर्वमन्त्री शुशिलकुमार श्रेष्ठले खुशिँबु टाउन प्लानिङ् सहरी विकासको सिकाइ भएको बताउँदै यसलाई नदी सभ्यतासँग जोड्न महानगरले अघि सारेको योजनाको प्रशंशा गरे । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex