काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा २७ को भवन निर्माणका लागि जग शिलान्यास गरेका छन ।
आईतवार एक कार्यक्रम विच प्रमुख शक्य र उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले छुस्याबहाः स्थित भवनको जग शिलान्यास गरेका हुन ।
काठमाडौं महानगरपालिकाको २ करोड ८० लाख ८१ हजार ६३१ रुपियाँ ८९ पैसाको आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको महानगरपालिकाले जनाएको छ ।
निर्माण कम्पनी प्रतिष्ठा–रमिता –अम्बुजा जे.भी.ले ठेक्का पाएका छन । यस कम्पनीले आगमी २०७९ मंसिर ३० गते भित्र निर्माण कार्य सक्नु पर्ने छ ।
सो अवसरमा वडा अध्यक्ष चिनियाँमान बज्राचार्य, वडा सदस्यहरु र स्थानीयहरुको उपस्थिती रहेको थियो ।
शिलान्यास कार्यक्रमलाई महानगर प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले सम्बोधन गरेका थिए ।
तस्वीरः निल भाजु (राजेन्द्र मानन्धर)
Categorized in राष्ट्रिय