काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मरुहिटीमा आँग छेँ (आगम घर) को जगको शिलान्यास गरेका छन ।
शनिवार एक कार्यक्रम विच प्रमुख शक्य र उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले आगम घरको जग शिलान्यास गरेका हुन ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा शाक्यकेतु महाविहारस्थित उक्त घरको पुननिर्माणको लागि जग शिलान्यास गरेको महानगरपालिकाले जनाएको छ ।

आगम घर निर्माणको लागि महानगरले भ्यान बाहेक करिब ४१ लाख रुपियाँको आर्थिक सहयोग प्रदान गरेका छन । सो अवसरमा बागमती प्रदेशका सभासद राजेश शाक्य, वडा सदस्यहरु, आगम घरका स्थानीयहरुको उपस्थिती रहेका थियो ।
शिलान्यास कार्यक्रमलाई महानगर प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले सम्बोधन गरेका थिए ।
Categorized in सम्पदा/संस्कृति