२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

लैनचौरस्थित सहिद स्मारकमा सहिदहरुप्रति सम्मान प्रकट गरियो


प्रकाशित: आईतवार, १६ माघ २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा प्रधानमन्त्री शेरबहादुर देउवाले फूलको माला अर्पण गरेर सम्मान प्रकट गरेका छन । 


आईतवार सहिद सप्ताहको अन्तिम दिन सहिद स्तम्भमा प्रधामन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँड, काठमाडौं महानगरपालिका प्रमुख एंव समारोह संयोजक विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, कार्यपालिकाहरुसहित जनप्रतिनिधिहरुले पनि सम्मान प्रकट गरेका थिए । 


सो अवसरमा नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो ।


सो अवसरमा प्रधानमन्त्री देउवाले देशको स्वाधीनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्तिहरु नै सच्चा सहिद भएको बताए । देवाले भने,‘देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ । यसले सहिदको सपना पूरा हुन्छ । सरकारले आगामी कार्यक्रमलाई यही बाटोमा लैजाने योजना बनाएको छ ।’


त्यसैगरी महानगर प्रमुख शाक्यले सहिदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको बताए । सहिदले देखाएको बाटोमा हिडनु पर्ने बताउँदै उनले भने,‘पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको हो । उहाँहरुलाई चाहिए जति सम्पत्तिका लागि शासकले प्रस्ताव गरेका थिए । तर, उहाँहरुले व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मान्नुभयो । त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं ।’


स्वतन्त्रता र स्वाधीनताका लागि १९९७ सालमा प्राणको आहुति दिने सहिद र त्यसपछि परिवर्तनहरुमा ज्यान गुमाउनेको सम्मानमा काठमाडौँ महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम मनाउँदै आएको छ । 


माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ ।


वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गरिँदै आएको छ । 


प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिन्छ । 


तस्वीरः चन्द्रमणी भट्टराई
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex