काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वडा २७ बेखालाछी मार्गमा असन कमलाक्षी पिलातुं त्वाः दाफा खलको गुठी घर शिलान्यास गरेका छन ।
भवन निर्माणको लागि काठमाडौं महानगरले १ करोड रकम विनियोजन गरेको छ । आगामी पुस मसान्तसम्म यो भवन निर्माण गरिसक्नु पर्ने महानगरपालिकाले जनाएको छ ।
सो अवसरमा प्रमुख शाक्यले भने ‘सम्पदा बचाउन महानगरले राज्यकातर्फबाट पैसा दिएका छौँ । यो खर्च होइन । लगानी हो । किनभने यी सम्पदालाई पर्यटन जोडेपछि पैसा फिर्ता आउन थाल्छ । हामीले सम्पदालाई पर्यटनसँग जोडेर व्यापारमार्फत स्थानीयबासीको आय बढाउन लगानी गरेका हौँ ।’
त्यसैगरी उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले महानगरले भाषा, लिपी, संस्कार र संस्कृतिको निरन्तरतामा काम गरिरहेको बताउँदै आफूहरुले थालेको काम पछि आउने जनप्रतिनिधिहरुले पनि नियमित गर्ने कुरामा विश्स्त रहेको उनले बताईन ।
कार्यक्रममा २७ वडा चिनियाँमान बज्राचार्य, वडा अध्यक्ष न्हुन्छेकाजी महर्जनसहित जनप्रतिनिधि र गुठीयारहरुको उपस्थिती रहेको थियो ।
उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण महर्जनले महानगरको सहयोगले भवन निर्माण हुने भएकोमा महानगरको प्रशंसा गरेका थिए ।
तस्वीरः चन्द्रमणी भट्टराई
Categorized in सम्पदा/संस्कृति