१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. गिरी चढेको गाडीमा आक्रमण


प्रकाशित: विहिवार, १३ माघ २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्ष प्रा.डा. श्रीकृष्ण गिरी चढेको गाडीमा आक्रमण भएको छ ।


विहिवार विहान एघार बजे उपाध्यक्ष डा. गिरी निवासबाट कार्यलय जाने क्रममा काँडाघारीमा अज्ञत समूहले ढंगा प्रहरी आक्रमण गरेको आयोगले विज्ञप्ती जारी गरी बताएको छ ।


आक्रमणबाट गाडीको पछाडीको भागको सिसा फुटेको छ । ायोगले विज्ञप्ति जारी गरेर घोर भत्र्सना गर्दै संलग्‍नमाथि कारबाहीको माग गरेको छ ।


जारी विज्ञप्तीमा भनिएको छ,‘ राष्ट्रिय चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्‍य घटनाको आयोग घोर भत्र्सना गर्दछ। साथै उक्त कार्यमा संगल्न व्‍यक्ति÷समूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex