१४ भाद्र २०८३, आइतबार
Header

निर्देशिका कार्यन्वयन चाँडै हुने ः प्रधानमन्त्री अबैध सनुनको कारोबार रोक्न आग्रह ः सुनार



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौं साधारणसभालाई सम्वोधन गर्दै सभाको प्रमुख अतिथी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघले पठाएको कारोवार निर्देशिका संसदमा पुगिसकेकोले चाँडै कार्यन्वयनमा आउने वताउनुभयो । 
प्रधानमन्त्री ओलीले सुनचाँदी व्यवसायी महासंघले अवैध रूपमा भित्रिने सुनले आफूहरूको कारोबारमा समस्या आइरहेकाले त्यसलाई रोक्न माग गरेकोप्रति प्रधानमन्त्री ओलीले सुनको मात्रै नभई सबै किसिमका तस्करी रोक्न सरकार प्रतिबद्ध रहने बताए । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले अवैध रूपमा आयात भइरहेको सुन तथा चाँदीको कारोवार रोक्न सभाको प्रमुख अथिति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको छ ।
सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौं साधारणसभा आयोजित सभामा अध्यक्ष सुनवारले अबैध कारोवारले व्यवसायिक कारोबारमा व्यापक असर परिरहेकोले प्रधानमन्त्रीको ध्यानकार्षण गराएका छन् । 
अध्यक्ष सुनवारले व्यावसायिक शान्ति, सुरक्षा, तथा व्यावसायिक ऐन जारी गर्न तथा कारोवार निर्देिर्शकाको अबिलम्ब रहेको सो सभामा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको छ । 
पछिल्लो समय सरकारले सुनको आयातमा लगाएको कोटा प्रणालीले समेत सुनको आपूर्तिमा समस्या आएको भन्दै सुन आयातको कोटा बढाउनसमेत उनले माग गरे । 
साधराणसभाको अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष महेन्द्ररत्न शाक्य लगायतले महासंघका बिभिन्न पक्षमा प्रकाश पार्नुकासाथै महासंघका विभिन्न प्रतिवेदनहरु प्रश्तुत गरेका थिए । महासंघको पाँचांै साधारण सभा सम्पन्न भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex