२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आज धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन, शालिकमा पुष्पगुच्छा अर्पण


प्रकाशित: विहिवार, १३ माघ २०७८, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । वीर सहिद धर्मभक्त माथेमाले आजको दिन प्रजान्तन्त्र प्राप्तीको लागि अमरत्व प्राप्त गरेका थिए । 


विहिवार काठमाडौंको सिफलमा महानगर प्रमुख विद्यासुन्दर शाक्य तथा सहिद सप्ताह मुल समारोह सििमतका संयोजक विद्यासुन्दर शाक्यले माथेमाको सालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । 

 


सो अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल तथा वडा सदस्यहरु र सीमित कर्मचारीहरुले पनि  शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।


महानगरले सिफल र ओमवहालमा माथेमाको पूर्ण कदको शालिक प्रतिस्थापन गरेको छ । यसै गरी सहिद माथेमाको सम्मानमा नाग अर्जुन नगरपालिकामा ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गरिने भएको छ । 


नगरपालिकाले उपलब्ध गराउने वडा नं। ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी जग्गामा महानगरको सहयोगमा आश्रम निर्माण हुने भएको छ । 


माथेमा काजी परिवारको सम्पन्न भएको तथा राजदरवारसम्म पहुँच थिए तर नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिएका थिए । माथेमालाई वि. सं. १९९७ साल माघ १३ गते काठमाडौंको सिफलमा रहेके बकाइनोको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।


१९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा माथेमा को जन्म भएको थियो । तत्कालीन शाशकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई ज्यानदण्ड दिएका थिए ।


तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराजशास्त्री, धर्मभक्तमाथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । 


निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex