काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले वडा १५ किमडोलस्थित किमडोल बहालमा शाक्यधिता नेपालको ध्यान भवन शिलान्यास गरेका छन ।
सोमवार एक कार्यक्रमविच महानगरले सो भवनको शिलान्यास गर्दै विश्वले वुद्ध दर्शनलाई आदर्शका रुपमा मानेको बताए ।
शाक्यले भने ‘नेपालीले आफूलाई बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्न सक्नुपर्छ । विश्वले वुद्ध दर्शनलाई आदर्शका रुपमा मानेको छ । यसप्रति गर्व गरौँ ।’
बहालभित्र करीव ३ हजार ५ सय बर्गफिट क्षेत्रफलमा साढे ३ तले भवन निर्माण हुनेछ । यसका लागि महानगरपालिकाले करीव ७६ लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । उपभोक्ताको ५ प्रतिशत सहभागिता रहनेछ ।
शिलान्यास कार्यक्रममा बोल्दै शाक्यधिताका पदाधिकारीहरुले महानगरपालिकाबाट प्राप्त सहयोगको प्रशंशा गरेका थिए ।
वुद्ध दर्शनको प्रवर्धन घटेका बेला यस बहालबाट प्रवर्धनका योजना गरिन्थे । प्रचार प्रसार र प्रवर्धनका काम हुन्थे । वहालमा रहनुभएका गुरुमाहरु इन्द्रावती र मेत्तावतीले यसको प्राचीनताको साइनो देखाए ।
Categorized in सम्पदा/संस्कृति