काठमाडौं । संक्रमण बढेसँगै अस्पतालहरुमा कोभिडविरुद्धको खोप लगाउनेहरुको भीड बढ्न थालेको छ ।
सरकारले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य हुने भनेपछि खोप लगाउन भनी सर्वसाधारणहरु घण्टौ लाईन बसेर खोप लिन थालेको हो ।
केही दिनयता टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालमा पनि खोप लिनेहरुको घुईचो बढेको अस्पतालले जनाएको छ । वीर अस्पताल, छाउनीस्थित सैनिक अस्पताल, महाराजगंजस्थित टिचिङ अस्पताल, बानेश्वरस्थित निजमाति अस्पतालमा खोप लगाउनेहरुको भीड बढेको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in स्वास्थ्य