काठमाडौं । ओमिक्रोन भेरिएन्टको जोखिमलाई ध्यानमा राख्दै सिंहदरवार प्रवेश पास खारेज गरिएको छ ।
बुधवार गृहमन्त्रालयले एक सुचना जारी गरी सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जनाएको छ ।
अब सिंहदरवार प्रवेशको लागि नयाँ अस्थायी पास वा परिचयपत्र जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्ने सुचनामा उल्लेख छ ।
सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ छ । पत्रकारहरुको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउनेछन ।
अहिले काठमाडौं उपत्यकामा सबैभन्दा बढि संक्रमितहरु थपिने क्रम बढ्दो छ ।
Categorized in राष्ट्रिय