काठमाडौ । १२ औँ नेवा एकता दिवसको अवसरमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको छ ।
नेवाः समुदायको पहिचानलाई संरक्षण र प्रवर्धन तथा उत्थानमा योगदान पु¥याएकोले प्रमुख शाक्यलाई सम्मान गरिएको आयोजकले बताएका छन ।
सो अवसरमा मेयर शाक्य, कीर्तिपुर नगरका मेयर रमेश महर्जन र टोखा नगरका मेयर प्रकाश अधिकारीलाई पनि सम्मान गरिएको थियो ।
सम्मान गरेपछि प्रमुख शाक्यले स्थानीय भाषा, लिपी र संस्कृतिको जगेर्ना स्थानीय सरकारको दायित्व भएको बताए । मूर्त अमूर्त सम्पदा संरक्षण, भाषा, लिपी तथा मौलिकता जोगाउन उपत्यकामा भएका भएका क्षेत्रगत प्रयासहरुबाट समष्टिगत रुपमा ठूलो उपलब्धी हासिल शाक्यले उल्लेख गरे ।
महानगरले जारी गरेको पाठ््यक्रम निर्माण तथा कार्यान्वयनमा नेवार समुदायसँगै गैर नेवार समुदाय र राजनीतिक तहबाट पनि सहयोग भएको छ प्रमुख शाक्यको भनाई थियो ।
मंगलवार कीर्तिपुरको पाँगा लाछिमा १२ औँ नेवा एकता दिवसको विविध कार्यक्रमका साथ मनाईएको छ । सो अवसरमा नेवाःको राजनैतिक, सांस्कृति, आर्थिक अधिकारका विषयमा वक्ताहरुले चर्चा गरेका थिए ।
कार्यक्रममा नेवाः देय् दवूका अध्यक्ष नरेशकुमार ताम्राकारले स्थानीय सरकारका कार्यक्रमले समुदाय स्तरमा सकारात्मक प्रभाव देखिएको उल्लेख गरेका थिए ।
कार्यक्रममा नेवाः भाषिक आन्दोलनका अगुवा नरेशवीर शाक्य, नेवाः जागरण मञ्चका संयोजक सुजिब बज्राचार्य, नेवाः देय दबूका उमेश स्थापित तथा नेवाः अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
यस अघि ललितपुरको खोनामा ११ औं नेवाः एकता दिवस मनाईएको थियो । आगामी बर्षको नेवाः एकता दिवस चन्द्रागिरी नगरमा मनाईने आयोजकले बताएको छ ।
Categorized in समाज