काठमाडौं । मलेसिया सरकारले गैरकानुनी भई बस्ने कामदारहरुविरुद्ध कार्वाही सुरु गरेको छ ।
आप्रवासी कामदारहरुको देशव्यापी धरपकड र खोजी अभियान शनिबारदेखि सुरु गरेको छ । मलेसिया सरकारले पुनः भर्ना तथा दर्ताको लागि दिएको समय सकेपछि गैरकानुनी भई बसेको कामदारको खोजी अभियान गर्न थालेको छ ।
दोषी आप्रवासी कामदार र रोजगारदाता दुवैलाई कडा कारबाही हुने जनाइएको छ । उसले रोजगारदाता र रोजगारीबारे विवरणसहित वैधानिक प्रक्रियामा दर्ता हुन सन् २०१६ फ्रेबुअरी १५ देखि भनेको थियो ।
गैरकानुनी रुपमा बसेको कामदारहरु भेटिए मलेसिया सरकारले उनीहरु दोषी देखिएमा अधिकतम ५० हजार रिंगिट जरिवाना र ५ वर्षसम्मको जेलसजाय वा दुवै सजाय वा ६ कोर्रासम्मको सजाय पनि हुनसक्ने जनाएको छ ।
विभिन्न समाचारहरुको अनुसार अहिले सम्म ३० भन्दा बढि नेपालीहरु पक्राउ गरिसकेको खवरहरु आएको छ । ५ लाखभन्दा बढी नेपाली विभिन्न रोजगारी क्षेत्रमा कार्यरत छन । कुनै ठोस तथ्यांक नभए पनि अझैं कयौं हजारको संख्यामा नेपालीहरु अवैधानिक रहेका हुनसक्ने अनुमान गरिएको छ ।
मलेसियाले यसअघि सन् २०११ अक्टोबरदेखि नै आममाफी, वैधानिकता, घरफिर्तीलगायत विभिन्न शीर्षकमा अवसरयुक्त कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय