काठमाडौं । काठमाडौं महानगरपालिका ३२ वटै वडाबाट बालवालिकालाई फाईजरको पहिलो मात्र दिईने भएको छ ।
कोभिड विरुद्धको फाईजर खोप १२ बर्षदेखि १७ बर्ष (२०६१ मंसिर देखि २०६६ मंसिरभित्र जन्मिएका) बालवालिकाहरुलाई खोप समन्वय समितिले तोकेका विद्यालयस्थित खोप केन्द्रहरुमा गएर लगाउन सकिने छ ।
पुस २७ गते मंगलावारदेखि माघ ७ गते शुक्रवारसम्म आफ्नो उमेर खुल्ने कागजपत्र लिएर खोप लिन सकिने महानगरको जनस्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।
Categorized in स्वास्थ्य