काठमाडौं । माघ १ गतेबाट काठमाडौं उपत्यकासहित बागमती प्रदेशभरी नयाँ टयाक्सी भाँडादर लागु हुने भएको छ ।
बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्री स्तरको निर्णय अनुसार काठमाडौं उपत्यकामा ट्याक्सीको न्युनतम भाडा ६० रुपैयाँ कायम भएको छ ।
ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ हुने छ । त्यसपछि प्रत्येक २०० मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेछ ।
ट्याक्सीहरुले अब पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्नेछ । त्यस्तै ट्याक्सी प्रयोग गर्नेवित्तिकै सेवाग्रहीलाई सवारी साधनको नम्बर, चालकको नम्बरसहितको विवरण अंग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड उपलब्ध गराउने पर्ने छ ।
त्यसैगरी टयाक्सीको नियमित सरसफाई गरी लैंगिक भेदभावरहित सेवाग्राही मैत्रीव्यवहार गर्नुपर्ने, टयाक्सीमा छुटेको समान टयाक्सी सेवा प्रदायकले नजिकको प्रहरी चौकीमा बुझाउने पर्ने जारी विज्ञप्तीमा उल्लेख छ ।
Categorized in बजार