१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनचाँदी आयातमा गरिएको नीतिले सकारात्मक असर


प्रकाशित: आईतवार, २५ पुस २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकर मरासिनीले सरकारले सुनचाँदीमा आयातमा लिएको नीतिले सकारात्मक असर पारेको बताएका छन ।


आईतवार सार्वजनिक लेखा समितिको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनका अनुसार विदेशबाट आउने यात्रुले ल्याउने सुनमा कडाइ गर्दा यसले पनि सकारात्मक असर देखिएको सुनाए ।


कर नतिरी आएको हालसम्म १५५ केजी सुन जफत गरिएको उनले बताए । यसको मूल्य एक अर्ब २२ करोड रुपैयाँ हुन आउँछ । जसबाट १४ करोड बराबर राजस्व संकलन भएको छ ।


सचिव मरासिनीले नीतिगत सुधारले सुनचाँदीको अपचलनमा पनि कमी आएको उनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex